काभ्रे । तामाङ जागरणका गीतमा खडेरी लागीरहेको बेला तामाङ परिवार बिगो लाइभले तामाङ जागरणमा आधारीत रहेको गीत हालै बजारमा ल्याएको छ । अरुण घिसिङको शब्द संगीत रहेको ‘तामाङको ईतिहास बचाउन’ शिर्षकको तामाङ सेलो बजारमा लाइएको हो ।
यो गीतलाई तामाङ परिवार बिगो लाइभले यूट्युब मार्फत सार्वजनिक गरिएको छ । यस गीतमा चर्चित र स्थापित गायिका शशिकला मोक्तान र निक्कै नै चर्चा कमाईसकेका बरिष्ठ गायक सन्जीव वाइबाको आवाज रहेको छ ।
गीतमा तामाङको डम्फुसँग जोडिएको ईतिहासबारे चर्चा गर्दै तामाङ जाति एक भई अघि बढन समेत प्रेरित गरेको छ । गीतमा पेङदोर्ज देखि ह्रीन्जेन दोर्जो राजासम्मको चर्चा छ । मैच्याङ र च्याङ्बाको माया पिरतीको गीतभन्दा यतिखेर तामाङ जागरणको गीत आबश्यकता रहेकोले यो गीत ल्याएको तामाङ परिवार विगो लाईभका सल्लाहकार निरा दोङ तामाङले बताईन् ।
‘अधिकार कै लडाईंमा हामी भएकोले जागरण गीत यतिखेर आवश्यक छ ।’ दोङले भनिन्, ‘जागरण गीतको आवश्यकता महासुस गरेर हामीले माया प्रेमको गीत भन्दा पनि जागरण गीतलाई नै रोज्यौं ।’
यो गीतले तामाङ समुदायमा मात्र होइन सिंगो देशलाई नै जागरण पैदा गराई दिनेमा दोङको विश्वास रहेको छ । गीतको आधिकारिक अडियो लोकप्रिय अनलाईन टिभी च्यानलमा अपलोड भएको छ ।
हेर्नुहोस् भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।