तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । काभ्रे सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजित बृहत वनभोज तथा परिचयात्मक कार्यक्रम–२०१९ सेप्टेम्बरको १४ र १५ तरिखका दिन भव्यताका साथ सम्पन्न भएको छ ।

काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहररूबीच भाइचारा र आत्मियता बढाउदै मनोरञ्जनार्थ कामको थकान मेटाउन आयोजित कार्यक्रममा गैर काभ्रेलीहरूले पनि सहाभागिता जनाएकोमा काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सानु लामाले धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ एकता समाजका अध्यक्ष किशोर ब्लोन नियोग, एम.टि.यु. ओसानका अध्यक्ष आदर्श मगर, कार्यक्रममा स्पोन्सर हानपासका प्रतिनिधि लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागितामा सम्पन्न भएको हो ।

कार्यक्रम कोरियाको छेबुदो समुन्द्रिक टापुमा भएको थियो । यो दक्षिण कोरियाको पश्चिमी तटमा रहेको सियोलको दक्षिण पश्चिमको एक सानो टापु हो । यहाँ दिनहुँ दिनको दुइ पटक यो टापुमा जाने सडक सामुन्द्रिक छालले केही समयको लागि बन्द हुनेभएकोले यसलाइ मोसाको चमत्कार (모사의 기적) पनि भनिने कार्यक्रमको संयोजक तथा काभ्रे सम्पर्क समितिका उपाध्यक्ष सन्जय खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा पर्यटन बर्ष २०२० लक्षित सगरमाथा र बुध्दको तस्बीरसहित काभ्रेको लोगो अंकित टिसर्ट नेपालबाट ल्याएर कोरियामा प्रचारप्रसारका लागि सार्वजनिक गरेको थियो ।

त्यस्तै कोरियाको कार्यकाल सकाएर नेपाल फर्किन लाग्नुभएका संस्थाका संरक्षक, संस्थापक अध्यक्ष तथा सल्लाहकार यम श्रेष्ठ, सल्लाहकारहरू श्रमदिप चौलागाइ, रामकृष्णा आचार्य र बर्तमान कोषाध्यक्ष सुमन चौलागाइलाइ सम्मान तथा बिधाइ कार्यक्रम पनि गरेको काभ्रे सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिनुभयो ।

छेबुदो टापुमा काभ्रे सम्पर्क समितिको बृहत वनभोज कार्यक्रम–२०१९ सम्पन्न (फोटो फिचर) तस्बीरहरूः

छेबुदो टापुमा काभ्रे सम्पर्क समितिको बृहत वनभोज कार्यक्रम–२०१९ सम्पन्न (फोटो फिचर)

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।