भक्तपुर । डम्फू मिडिया प्रालिले नव निर्वाचित तामाङ कलाकार संघका पदाधिकारीहरूलाई बधाई तथा सम्मान गरेकाे छ ।
साथै गीत सांगीतिक क्षेत्रमा एक सम्भावना बोकेकी नव गायिका मितेरी वाईवाको मनले खाने च्याङ्वा बोलको गीतका म्युजिक भिडियो पनि बजारमा सार्वजनिक गरिएको थियोे ।
तामाङ समाज युएईको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा संघका नव निर्वाचित पदाधिकारीहरू वर्तमान अध्यक्ष संजिव वाइबा तामाङ, उपाध्यक्ष विश्व दोङ तामाङ, शशिकला मोक्तान तामाङ, मह–सचिव विशाल काल्तन तामाङ, कोषाध्यक्ष सुबास तामाङ, सचिव रोशन फ्युवा लगायतका कार्य समितिलाई सम्मान तथा बधाई गरेका थिए।
नव गायिका मितेरीको अावाजमा रहेको गीतको शब्द र संग तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईवाको रहेको छ।
भिडियोमा चर्चित नायक अमिर दोङ तामाङ र नायिका सुष्म मोक्तानको सशक्त अभिनय गरेका छन् ।उक्त भिडियोको निर्देशन नायक अमिर दोङ तामाङले गरेको छ भने छायांकन विक्रम मोक्तानले गरेका हो भने फनिन्द्र राईको एरेन्जर र दिपेश प्रधानले मिक्सिङ गरेका थिए। कार्यक्रम नायक अमिर दोङको सभापतित्वमा भएको थियोे ।
भिडियो डम्फू मिडियाको अफिसियल युट्युबबाट सार्वजनिक गरेका छ।

Comments

comments