घुम्दै फिर्दै अाइपुगे हजुर
ताप्लेजुङ फुङ्लिङ बजारमा
सार्है नै राम्री तामाङनी मैच्याङ
पर्यो नि मेरो नजरमा ।

भन्ने निकै रोमाञ्चक तामाङ सेलो बजारमा अाएको छ।चर्चित गायक तथा संगीतकार विश्व दोङ र चर्चित गायिका जमुना योञ्जनको घुम्दै फिर्दै आइपुगे बोलको निकै ठट्यौली तामाङ सेलो गीत बजारमा सार्वजनिक भएको छ।

तामाङ गीत, सांगीतिक दुनियाँमा लामो समयदेखि निरन्तर रुपले अाफ्नो जीवन समर्पित गर्दै अाएका चर्चित गायिका जमुना योञ्जन र चर्चित गायक तथा संगीतकार विश्व दोङले पुनः बजार तताउने ठट्यौली तामाङ सेलो गीत बजारमा सार्वजनिक भएको छ।

बाैद्व जोरपाटी स्थित अन्तर्राष्ट्रिय तामाङ परिषद् वरिष्ठ उपाध्यक्ष टासी लामाको प्रमुख अातिथ्यातमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका थिए।साथै बिशेष अतिथि वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ र नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईवाको लगायतका अन्य अतिथिहरु समेत उपस्थिति रहेको थियोे ।

शब्द तथा संगीत विश्व दोङको रहेको गीतमा स्वर चर्चित गायक तथा संगीतकार विश्व र चर्चित गायिका जमुना योञ्जनको सुमधुर अावाज रहेको छ।
उक्त गीतमा अभिनय तर्फ गायक विश्व दोङ,जमुना योञ्जन, कृष्ण तामाङ ब्लोन र मिना तामाङको रोमाञ्चक अभिनय गरेका छन् ।

निर्देशक गायक अाफै विश्व दोङले गरेका थियो भने गीतको एरेन्जर फणीन्द्र राई, मिक्सिक दिपेन्द्र प्रधान, कोरियोग्राफी अभि लामाले गरेका थिए,साथै ड्रोन क्याप्टेन सुरेश घिसिङ रहेको थियोे।उक्त भिडियो सम्पादन तथा कलर सुर्य लामाले गरेका थिए।
साथै यस भिडियो जिग्मे मिडियाको अफिसियल च्यानलबाट सार्वजनिक गरेको छन् ।

भिडियो हेर्नुस् ।

https://youtu.be/Tly3V9FVUos

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।