काठमाडौं । तामाङ समुदायमा निक्कै नै चर्चा पाएका गायक तथा संगीतकार विश्व दोङ तामाङ र गीतसंगीत क्षेत्रमा लामो समयदेखि गाउँदै आएकी गायिका जमुना योञ्जनले ‘घुम्दै फिर्दै’ तामाङ सेलो गीत बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच उक्त भिडियो सार्वनिक गरेको हो ।

भिडियो अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, कलाकार संघका अध्यक्ष संजिव वाइबा तामाङ लगायतले सामूहिक रुपमा सार्वजनिक गरेका थिए ।
भिडियोमा गायिका योञ्जन, दोङ लगायतले अभिनय गरेका छन् । उक्त भिडियोलाई जिग्मे मिडियाको युट्युव च्यानलबाट सार्वजनिक गरेका छ । सुर्य लामा, सुरेश घिसिङ, दिपेश प्रधान, अभि लामा लगायतले भिडियोमा साथ दिएका छन् ।
भिडियो हेर्नुहोस्ः

 

Comments

comments