काठमाडौं । तामाङ कथानक चलचित्र ‘म्युङ पुजू’को दोश्रो गीत “जकि जकि ए न्होङ्गै“ को भिडियो सार्वजनिक भएको छ । यो गीत दमदार डान्सिङ नम्बरमा तयार गरेका छन । वास्तवमै कुनै पनि चलचित्रमा जति माया पिरतिको गितको महत्व छ त्यतिनै नृत्य संग सम्बन्धित गितको पनि उत्तिनै महत्व राख्दछ । जस कारण यो गितले चलचित्रलाई थप आकर्षक बनाउने पक्का छ ।
भिडियोमा नव नायक प्रेम तामाङले गज्जबको नृत्य प्रस्तुत गरेका छन् । उनलाई नायिका सुस्मा मोक्तानले साथ दिएकी छिन् । सुस्मा ‘म्युङ पुजू’को मुख्य नायिका हुन् । अहिलेसम्म सार्वजनिक भएका भिडियोहरुमा दुवैमा उनलाई देख्न सकिन्छ । यसैले पनि उनी कुन नायकको भागमा पर्छन त ? भन्ने प्रश्नको उत्तर भने चलचित्र आएपछी मात्र थाहा पाउनेछ । जसका लागि छिटैनै चलचित्र दर्शक माझ ल्याउने जोडतोड तयारीमा निर्माण पक्ष लागिरहेको जानकारीमा आएको छ ।
तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्मित चलचित्रलाई कान्छी माया गोलेले निर्माण गरेकी हुन् भने आजय स्याङ्तानले निर्देशन गरेका हुन । नायक प्रेम गोले र नायक इश्वर लामाको प्रस्तुती रहेको चलचित्रमा नायिका सुस्मा मोक्तानको जोडदार अभिनय हेर्न सकिनेछ ।
बिक्रम मोक्तानले छायांकन गरेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ तथा सह निर्देशकमा बद्री तामाङ रहेका छन् । साथै अन्य कलाकारहरुमा वीर बहादुर गोले तामाङ, अभिनाश तामाङ, सुजल तामाङ, राजु तामाङ, भिम तामाङ, प्रिङका रेग्मी, हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।
यस गितमा संगित प्रयास दोङ, स्वर विशाल काल्तान र गायिका जितु लोप्चनले दिएका छन् । शब्द कुमार स्याङ्बा, एरेन्ज मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।
भिडियो:

Comments

comments