तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । नेपालमा असोज २४ गतेबाट ब्यापक रूपमा प्रदर्शन हुन गइरहेको नेपाली चलचित्र “छ माया छपक्कै” चलचित्र नोभेम्बर १७ मा सउल र किम्हेमा प्रदर्शन हुने भएको छ ।
नेपाल तामाङ संघ दक्षिण कोरियाको आयोजनामा कोरियाको राजधानी सउल र तामाङ समाज ख्यङसङ बुसानको आयोजनामा किम्हेमा प्रदर्शन हुने भएको छ ।
उक्त चलचित्रको सउलको प्रदर्शन “तामाङ धिम सञ्चालनार्थ” गर्न लागिएको नेपाल तामाङ संघ दक्षिण कोरियाको महासचिब गोकुल थोकारले बताउनुभयो ।
उनले विभिन्न सामाजिक कार्यका सक्रिय नेपाल तामाङ संघले कोरियावासी नेपालीहररूलाई उपस्थित भइदिन नेपाल तामाङ संघका संरक्षक तथा एनआरएनए कोरियाका उपाध्यक्ष सोम बहादुर वाइबाले अनुरोध गर्नुभयो ।
यो चलचित्र कोरियामा अन्य संघ–संस्थाहरूले प्रदर्शन गर्नेभन्ने प्रचार भएतपनि हइलाइट नेपालसंग हाम्रो सम्झौता भएकोले बिबादरहित देखाउनेसमेत वाइबाले बताउने भयो ।
‘हामीले संघको सन २००३ मा स्थापना देखि नै सामाजिक कार्य गर्दै आईरहेको र यो सामाजिक कार्यमा सबैको साथ र सहयोगको खाँचो छ । दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीलाई चलचित्र हेर्न आउँन आग्रह गर्छु’ संघका अध्यक्ष मेघ प्रसाद वाइबा तामाङले भन्नुभयो ।
यो कमेडी बिधामा बनेको चलचित्रले धेरै चलचित्र प्रेमी दर्शकहकलाई रमाइलो बनाई कोरियाको कामको थकानलाई मेटाउने छ, संघका महासचिब गोकुल थोकरले भन्नुभयो ।
आमा सरस्वती मुभिज प्रा.लि.,रोहित अधिकारी फिल्मस् र आइएमइको प्रस्तुति चलचित्र “छ माया छपक्कै” निर्माण भएको हो ।
यो चलचित्र दिप्रेन्द्र लामाको कथा र निर्देशनमा दिपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), स्वपुष्प भट्टा, बुध्दि तामाङ (हैट), प्रकाश घिमिरे, रमा थपालिया, शिशिर भडेल, अनुराघ कुवाँर, बिष्णु सापकोटा, सबिन बास्तोला, बसन्त भट्टा, शारदा गिरी, दिपक क्षेत्री, सुनिता गौतम, राजनी गुरूङ, कुमार गजुरेल, सन्देश लामिछाने, देव जोशी, प्रदिप न्यौपाने र भिम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
यो चलचित्र सउलको दोंदेमुन 종로 구민화관 हलमा प्रदर्शन हुने र टिकट मूल्य २०,००० वोन रहेको चलचित्र प्रदर्शन संयोजक बुद्ध लामाले बताउनुभयो ।

Comments

comments