बनेपा । मोडल योगेन तामाङ र रेणुका दोङद्वारा अभिनित ‘चु तिङ ङाला छ्योङजी’ भिडियो गीत सार्वजनिक भएको छ । यो भिडियो योगेन तामाङको दोस्रो प्रस्तुति हो ।
बुबा तुलादाश तामाङ र आमा लक्ष्मी कुमारी तामाङको कोषबाट जन्मेका तामाङले (मन मुटु)अपार सफलता पछि मोडल तामाङले दोस्रो कोशिली स्वरुप तामाङ प्रेम गित ‘चु तिङ ङाला छ्योङजी’ मा अभिनय गरेका हुन् ।
२०४७ सालमा काभ्रे रोशी गाउँपालिका वडा नं. ११ का तामाङ सानै उमेर देखि नै गीत संगीतमा चासो राख्दै आएका थिए ।
यो गीतमा पेमाडोल्मा मोक्तानको शब्द, चर्चित गायक तथा संगीतकार विशाल काल्तानको संगीत तथा स्वर पनि काल्तान र चर्चित गायिका जीतु लोप्चनको रहेको छ ।
सुनिल मोक्तानको निर्देशन रहेको म्युजीक भिडीयोमा छायाङ्कन तथा सम्पादन अशोक रन्जितले गरेका हुन् ।
यो भिडियो ह्याङ्ला को म्हेन्दो मिडिया हाउसको युट्युव च्यानल मार्फतसार्वजनीक गरीएको छ ।
भिडियो

Comments

comments