सुनिता दोङ तामाङ
बनेपा । गायक विशाल काल्तान र गायिका जीतु लोप्चनको स्वर रहेको ‘ङाला मायाला रङ’ आज एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।
तामाङ गीतसंगितमा ठेट तामाङ फापरे गीत, डम्फुको गीत, म्हेन्दोमाया गीत, खान्दोकि गीतका साथै अहिले बजारमा मायाप्रेमलाई आधार बनाएर बनेको तामाङ प्रेमगीतहरुको चर्चा छ । तामाङ चलचित्र देखि बिभिन्न एल्बमहरुमा समेत तामाङ प्रेमगित समाबेश गरेको हामीले पाउछौं । यस्तै तामाङ प्रेमगितहरु गाउने गायक गायिकाहरुमा चर्चित गायक तथा संगितकार काल्तान र अहिलेका चर्चित गायिका जितु लोप्चन को नाम अग्र पंत्तिमा आउँछ । “तिङ्मि ढुक ढुक“ “एदा थुर्ला ङाई“ “जब माया बुजि” “सानु एला मायासे” जस्ता थुप्रै गीतका गायक तथा संगितकार बिशाल काल्तानको नयां गित ‘ङाला मायाला रङ’ आएको छ ।
शब्द संगित काल्तानको रहेको यो तीतमा स्वर पनि बिशाल काल्तान कै छ भने गीतमा साथ दिएकी छिन् चर्चित गायिका जितु लोप्चनले । जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गीतमा चर्चित एरेन्जर चाद सिं को रहेको छ भने दिपेश प्रधानले गीतलाई मिक्सिङ गरेका छन् ।
यस गीतलाई म्युजिक भिडियो सहित डम्फु मिडिया युट्युब च्यानलले दर्शक स्रोता माझ ल्याएको छ ।
म्युजिक भिडियोमा मोडल तथा टिकटकमा चिरपरिचित मोडल मिलन थिङ (पाराङ) र अहिलेका चर्चित मोडल याङ्कि दोङ तामाङको अभिनय रहेको छ । भने यस गितको म्युजिक भिडियोलाई चर्चित नायक तथा निर्देशक अमिर दोङ्ले निर्देशन गरेका छन ।
रमणीय स्थल मार्खु कुलेखानी र भक्तपुरमा छ्यांकन गरेको यस भिडियोमा छ्यांकन तथा सम्पादन भने सुर्य लामा ले गरेका हुन् ।

भिडियो:

 

Comments

comments