काठमाडौं । चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले ‘भिटेन’ लाई बुवाको जमानीमा रिहा गरिदिएको छ । शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट ललितपुर प्रहरी परिसरमा हाजिर हुने सर्तमा छोडिएको हो ।
ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले बुवाको जमानीमा रिहा गरिएको बताएकी छन्। ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्द प्रयोगका साथै लागुऔषध गाँजा खान उक्साएको आरोपमा लगाइएको थियो। म्युजिक भिडियोमा प्रहरीको बर्दी प्रयोग गरेर गाँजासमेत खाएको दृश्य देखाइएपछि भिटेन बुधबार झम्सिखेलबाट पक्राउ परेका थिए।
भिटेनलाई प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा म्याद थपेर मुद्दा चलाउने जनाएको थियो। तर उनका बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेपछि रिहा गरिएको एसपी सिंहले जानकारी दिइन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।