काभ्रे । जुरे एकादशी मेलाको अवसरमा खानीखोलामा जुरे बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम २०७६ आगामी कार्तिक २२ गते हुने भएको छ । कार्यक्रम डाँडापारिको खानिखोला गाउँपालिका वडा नम्बर ३ जुरेमा हुन लागेको हो ।
कार्यक्रममा तामाङ समुदायका महानायकको रुपमा परिचित अमिर दोङ सहित ७ जना कलाकारहरुलाई सम्मान गर्ने भएको छ । सम्मानित हुनेहरुमा गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङ, गायिकाहरु अग्निशा लामा, युनिशा वाइबा, शर्मिला जिम्बा, मोडल प्रदिप वाइबा र कलाकार अबिना गोलेलाई सम्मान गर्ने भएको छ ।
जुरे एकता युवा समाजले आयोजना गरेको उक्त कार्यक्रमको संयोजक गायक आशिष सिंतानले गरेका छन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























