काठमाडौं । लोक गायिकाको रुपमा चर्चा कमाईसकेकी चर्चित गायिका मिना लामाले आफ्नो नेपाली लोकदोहोरी गनी ‘झरनाको पानी’ लिएर दर्शक माझ आएकी छिन् । नेपाली लोकदोहोरी क्षेत्रका बहुचर्चित गायक बिष्णु खत्री र लामा कै आवाजमा रहेको उक्त गीत आज सार्वजनिक गरेको हो ।
बिष्णु खत्रीको अफिसियल च्यानल मार्फत बजारमा आएको उक्त गीतमा बिष्णु खात्रीकै लय तथा शब्द सृजना रहेको छ भने प्रस्तुति मिना लामाको रहेको छ ।
लामो समयको अन्तराल पछि बिष्णु खत्रीले यो समय रोमान्टिक गीत गाएका छन् । यस गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ । राग स्टुडियोमा यस गीत रेकर्डिङ भएको हो ।
गीतमा चर्चित नायक आयुष रिजाल र अनु साहको अभिनय रहेको छ भने भिडियो निर्देशन शिब बिकले गरेका हुन् । भिडियो सम्पादन भने बिकाश ज्ञावलीले गरेका छन् ।
लौ हेर्नुहोस् भिडियोः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























