तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नेपाल तामाङ संघ, दक्षिण कोरियाले अगामी सलनालको पहिलो दिन जनवरी २४ का दिन सोनाम ल्होछार (मुसा बर्ग) मनाउने भएको छ ।  यसपाली संघले `२८५६ औं जिवा ल्हो (मुसा बर्ग) सोनाम ल्होछार मूल आयोजक समिति´ गठन गर्दै बृहत रुपमै मनाउँने संघले आइतबार निर्णय गरेको छ ।

संस्थाको अध्यक्ष मेघप्रसाद तामाङको संयोजकत्वमा मूल आयोजक समितिको गठन गरिएको छ । मूल आयोजना समितिसंगै विभिन्न उपसमिति पनि गठन गरिएका छन् ।

त्यसैगरी संस्थाको संरक्षक सोम बहादुर तामाङ र सल्लाहकार रबिन तामाङ कार्यक्रम हल ब्यबस्थापन, संस्थाको महासचिब गोकुल थोकर प्रचारप्रसार विभाग, कोषाध्यक्ष मनोज कुमार वाइवा रहेको अर्थ विभागीय उपसमिती गठन गरेको छ ।

त्यस्तै कलाकार ब्यबस्थापन उपसमितिमा संस्थाको उपाध्यक्ष बुद्ध लामालाई चयन गरेको छभने संस्थाका सल्लाहकार सञ्जीप कुमार गोले स्थानीय कलाकार व्यवस्थापन, स्वयंसेवक ब्यबस्थापनमा सदस्य सुरेश थोकरलाई चयन गरेको छ ।

ल्होछार सांगीतिक कार्यक्रम नेपालबाट सेलो, म्हेन्दोमाया कलाकार ल्याइ ल्होछार संगीतमय र मनोरञ्जनात्मक बनाउने उक्त कार्यक्रम तयारी भेलाले निष्कर्ष निकालेको छ ।

कार्यक्रममा एक दशक लामो समय तामाङ चलचित्र र गीत संगीत क्षेत्रमा सकृया रोशन फ्युबा तामाङ र भ्वाइस अफ इन्डिया र भ्वाइस अफ नेपाल चर्चित रियालिटी सोको उत्कृष्ट प्रतिस्पर्धी तथा गीत संगीतको क्षेत्र चर्चा र अनुभव बटुल्दै गरेकी गायिका बैशाली लामा र सेलो तथा म्हेन्दोमाया गायिका लक्ष्मी स्याङ्‌तानको साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिमा रमाउन पाउने संस्थाको उपाध्यक्ष बुद्ध लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा मिआसाकरी (미아사거리) स्टेशन नजिकै अवस्थित होटल भिक्टोरिया (Hotel Victoria) को हलमा हुने संस्थाको संरक्षक सोम बहादुर तामाङले जानकारी दिनुभयो ।

Comments

comments