काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले डम्फू हामी सबैको साझा सम्पत्ति भएको बताएकाछन् । नेपाल तामाङ कलाकार संघको आयोजनामा भएको तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सवको शुक्रबार उद्घाटन मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

’देउवा, ओलि, पौडेल, मगर, गुरूङ , तामाङ, राइ, लिम्बु, जे भएता पनि हामी सबै नेपाली हौं ।‘ बाँस्कोटाले भने, ‘त्यसैले यो डम्फू पनि हामी सबैको साझा सम्पति रहेकोले सबै मिलेर संरक्षण गर्नुपर्छ ।’ आफूले विद्यार्थी कालमा तामाङ भाषा बोल्न जानेको बताउँदै उनले अहिले ल्हास्सो र फ्याफुल्ला चाहि बोल्न नविर्सेको बताए । कार्यक्रमको उद्घाटन बाँस्कोटाले डम्फू बजाएर गरेका थिए ।

कार्यक्रममा गीत संगीतको माध्यमबाट तामाङ समुदायलाई योगदान पुर्याएका कलाकारहरू जयनन्द लामा, लाल बहादुर वाइवा, माया लामा दोङ, चन्द्र कुमार मोक्तान, कुन्ति मोक्तान, इन्दिरा गोले, चन्द्र कुमार दोङ, रोज मोक्तान, प्रेम लोप्चन, जमुना योञ्जन, मान बहादुर दोङ, राजु लामा, इन्दिरा योञ्जन, तुलसा वाइवा लगाएतकालाई मन्त्री बाँस्कोटाबाट प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, गंगाबहादुर तामाङ, ३ नं. प्रदेशका उपसभामुख राधिका तामाङ, नेकपाका केन्द्रिय सदस्य तथा कोरियाका लागि पूर्व राजदुत कमान सिं तामाङ, पुर्व मन्त्री दिलमन पाख्रिन, सभासद तिर्थ लामा, किसान आयोगकी सदस्य मिना लामा अन्तर्राष्ट्रि तामाङ परिषद्का उपाध्यक्ष टासी लामा लगायतका नेतााहरुको उपस्थिति थिए ।

महोत्सवमा तामाङ संस्कृति झल्कने विभिन्न तामाङ परिकारका स्टलहरू राखेको छ । महोत्सव चुच्चेपाटी स्थित ह्यात होटलको खुल्ला चौरमा २ दिन (शुक्रबार र शनिबार) सम्म चल्ने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।