तेमालअनलाइन संवाददाता,
दक्षिण कोरिया । तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाले आयोजना गर्न गैरहेको बृहत् सांस्कृतिक कार्यक्रम ‘नाङ्साल साङ्गितिक सौगात’ को आज पोस्टर आइतबार सार्बजनिक गरिएको छ । कार्यक्रममा विभिन्न जातीय, क्षेत्रिय संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्दिजिवी, ब्यवसयी सामाजिक अभियन्ता, पत्रकार लगायत अन्य व्यक्तिहरुको उपस्थितीमा रहेको थियो ।
तामाङहरुको महान चाड २८५६ औं सोनाम ल्होसार एवं कोरियाको महान चाड सलनालको पहिलो दिन अर्थात् यहि आउदो जनवरी २४ तारिख शुक्रबारका दिन हुने भएको छ ।
यो नाङ्साल सांगीतिक सौगात तामाङ समाज ख्यङ्साङ्को मात्र नभई यस क्षेत्रका विभिन्न जातीय क्षेत्रीय संघ संस्थाहरु र सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम रहेकोले कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न गर्न गराउन सबै संघ संस्थाले आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने प्रतिबद्दता जनाएको छ ।
कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न आवश्यक कार्यविभाजन गरेर सबै जना तीब्र तयारीमा जुटिरहेको कुरा आयोजक संस्थाका अध्यक्ष सुजित घिसिङले जानकारी दिनु भयो । कोरियाको दक्षिणी भेगमा गर्न लागिएको यस बृहत सांस्कृतिक कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू प्रमोद खरेल, रोज मोक्तान, प्रकाश सपूत, प्रिती आले, निशा लामा, सीता सुबेदी लगायत अन्य स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।
विशेषगरि यो पटक प्रकाश सपुत र प्रिती आलेबीच घाम्साघम्सि ब्याटलको नयाँ स्वाद लिने अवसर मिल्नेछ ।
गीत–संगीतको भिन्न–भिन्न विधालाइ समेट्ने गरि निमन्त्रणा गर्न लागिएको उक्त मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमलाई सभ्य, भब्य अनि ऐतिहासिक रुपमा सफल पार्न उक्त दिन यस ख्यङ्साङ् बुसान क्षेत्रमा कुनै पनि कार्यक्रम नजुदाइ दिनहुनसमेत अध्यक्ष घिसिङले अग्रह गर्नुभयो ।
यस ‘नाङ्साल सांगीतिक सौगात’ कार्यक्रमलाई आर्थिक, भौतिक, नैतिक सहयोग गरिदिन हुन कोरियाबासी सम्पुर्ण नेपालीहरुलाई ख्याङ्सङ तामाङ समाज दक्षिण कोरियाका महासचिब सोम योन्जनले अपिल गर्नुभयो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























