युएई । बैदेशिक राेजगारकाे शिलशिलामा यु ए ई भरी छरिएर रहेका तामाङहरुलाई एउटै छाता संगठनमा एकताबद्ध गराई सन २००५ सालमा स्थापना भएकाे तामाङ समाज यु ए ई ले तामाङ समाज यु ए ई काे शान ” तामाङ संस्कृति , तामाङ पहिचान” भन्ने मुल नाराका साथ मानाउँदै अाएकाे ल्हाेछार हरेक बर्षहरुमा झैँ याे बर्ष पनि ब्यापकरुपमा २८५६ अाैँ जिवा ल्हाे सेलाे विशेष सांगीतिक ल्हाेछार साँझ भब्यताका साथ मानाउने भएकाे छ ।
यस संस्थाकाे स्थापना कालदेखि नै बैदेशिक राेजगारकाे शिलशलामा यु ए ई भरी छरिएर रहेका तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकता गराई उनिहरुको हक , हित र अधिकारकाे सुनिश्चितताका लागि अवाज बुलन्द बनाउँदै तामाङकाे पहिचानकाे निम्ति ठूलाे भुमिका खेल्दै अाई रहेकाे छ ।
तामाङ समुदायकाे धर्म , संस्कृती, भाषा , भेषभुसाका साथै तामाङ समुदायको चाैतर्फी बिकास गर्नका लागि प्राबसी भुमिबाट नै ठूलाे भुमिका खेल्दै अाएकाे छ । यति मात्रै नभएर अन्य संस्थाहरुकाे दाँजाेमा यु ए ई मा अाफ्नाे छुट्टी पहिचान बनाएर सामाजिक कार्यहरुमा सकृय भुमिका निभाउँदै अाएकाे छ । संस्थामा अाबद्ध रहेकाे सदस्यहरु काे घाउमा मलम लगाउने मात्रै नभएर समय समयमा तामाङ समुदायबाट राष्ट्र गाैरबकाे निम्ति ठूलाे याेगदान पुर्याउने ब्यक्तित्वहरुलाई प्राेत्साहन स्वरुप सम्मान पनि गर्दै अाएकाे छ ।
जनवरी ३१ तारिखमा यू ए ई को देरा दुबाइ स्थित कार्ल्टन टावर होटलमा हुने याे बर्षकाे २८५६ अाैँ जिवा ल्हाे ल्होछार पनि धुमधामका साथ मनाउन नेपालबाट बरिस्ठ सेलाे गायिका ईन्दिरा गोले तामाङलाई औपचारिक निमन्त्रणा दिईसकेको संस्थाका साँस्कृतिक बिभाग प्रमुख सन्दिप ग्याबा तामाङले बताउनु भयाे । साथमा स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ।
तामाङ समुदयको शैक्षिक स्तर उन्नतिको लागि शैक्षिक क्षेत्रमा हातेमालाे गर्ने उद्देशका साथ सन -२०११ देखि सपाेर्ट माई स्कुल भन्ने शैक्षिक परियाेजना स्थापना गरेर नेपालकाे ग्रामीण भेगमा तामाङ समुदायको बाहुल्यता रहेकाे बिद्यालयलाई शैक्षिक सहयाेग रकम हरेक बर्षहरुमा हस्तान्तरण गर्दै अाएकाे छ । जुन शैक्षिक सहयाेग बाट तामाङ समुदायको बाहुल्यता रहेकाे जिल्लाहरु काभ्रे , रामेछप, सिन्धुपाल्चोक , रसुवा , धादिङ , नुवाकोट र चितवान लगायतका जिल्लाहरु लाभान्वित भएको समाजका अध्यक्ष महेश माेक्तानले बताउनु भयाे ।
साथै याे बर्षकाे ल्हाेछार बिगतका बर्षहरुमा भन्दा विशेष , पृथक र भब्य बनाउन सम्पूर्ण सदस्यहरु सकृय रुपमा गृहकार्य गर्दै लागि परेकाे छ । यु ए ई भरी छरिएर रहेका सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित गराउँन मुख्य शहरहरुबाट यातायातकाे पनि ब्यबस्था रहेकाे समाजका कार्यबाहक अध्यक्ष जितेन्द्र तामाङले जानकारी दिनु भयाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।