काठमाडौं । ह्याङला सिने मिडिया हाउसको प्रस्तुतिमा निर्माण भएको तामाङ भाषाको टेलि सिरियल अबा ङाछाको ५० अाै भागको स्वर्ण महोत्सव तथा साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भएको छ।
अादिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष तथा तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर थोकरको प्रमुख अातिथ्यतामा राष्ट्रिय नाचघर जमलमा भएको थियोे । स्वर्ण महोत्सव कार्यक्रममा अतिथिहरु नायक तथा निर्देशक अमिर दोङ, वरिष्ठ नायिका चादनी मोक्तान चर्चित नायिका रन्जिता ब्लोन निर्देशक बिनायक तामाङ ,निर्देशक दिपक लामा, सगरमाथा आरोही शर्मिला स्याङतान, युथ क्रीयशनका अध्यक्ष रबिन लामा ,हाम्रो समृद्ध नेपलका महासचिव मिलन कुमार दोङ, निर्माता दिपा वाइबा निर्माता सन्चकुमारी तामाङ सर्मिला म्हेन्दो गोले, सुन्तली माया रुम्बा हाल दुबई, सोमलाल तामाङ शुसिल दोङ कोरिया, युवा नेता तथा युवा ब्यबसायी रेशाम लामा मोक्तान, पदम दोङ दोर्जे लगायतका अतिथिहरुको उपस्थिति भएका थिए।
साथै स्वर्ण महोत्सव कार्यक्रमबाट अाबा ङाच्छा सिरियलमा भुमिका निर्वाह गरेका सम्पुर्ण कलाकारहरुलाई प्रमुख थोकरबाट प्रमाणपत्र वितरण गरेको थियोे ।
कार्यक्रममा त्यसै गरी यु एण्ड मी डान्स सेन्टर लेट मी डान्स ग्रुप का पासाङ लामा, गंगा लामा, जमुना लामा, सन्जु बम्जन, सन्जु दोङ, कबिता दोङ, अमिर मोक्तान, मिना ब्लोन, पदम दोङ दोर्जे लगायतका अन्य कलाकारहरुले सांगीतिक प्रस्तुतिहरु राखेका थिए।भने अाबा ङाच्छा टेलि सिरियलको निर्देशक जयन कुमार मोक्तानको सभापतित्वमा भएको कार्यक्रमलाई सञ्चालन सुदिन दोङले गरेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।