भक्तपुर । गायक तथा संगीतकार जगत घिसिङको “लामाको अक्षर ढुंगामा”बोलको म्युजिक भिडियोमा निकै व्यस्त मोडल निराञ्जली लामा र लाक्पा लामाले सशक्त अभिनय गरेका छन् ।
माउन्टेन मल्टिपलको सभा हल सुर्यविनायक भक्तपुरमा राष्ट्रिय तामाङ घेदुङका सांस्कृतिक विभाग संयोजक शुक्र लामा दोङको प्रमुख अातिथ्यतामा उक्त भिडियोलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियोे ।
शब्द,स्वर गायक जगत घिसिङको रहेको गीतमा चर्चित संगीतकार बिश्व दोङको संगीत रहेको गीतमा एरेञ्जर देबेेस राई र मिक्सिङ दिपेश प्रधानले गरेको थिए।उक्त गीतलाई रेकर्डिङ सरगम स्टुडियोमा गरेका हुन्।
यस भिडियोको छायांकन,ड्रोन क्याप्टेन इडिट सुर्य लामाले गरेको हो।भने निर्देशक प्रतीक ङ्येसुरले गरेका हुन् ।
उक्त भिडियो जिग्मे मिडियाको अफिसियल युट्युवबाट सार्वजनिक भएको हो।
भिडियो हेर्नुस् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























