काठमाडौ । युथ कृयसन नेपालको अायोजनामा हेडिङमा तामाङ स्पेसियल रनवर फेसन शो संगै २८५६ औं “जिवा ल्हो”नाम्युङ सोनाम ल्होछार ईभ हुने भएको छ।

विगत लामो समयदेखि नै बिभिन्न कार्यक्रमहरु आयोजना तथा ब्यबस्थापन गर्दै आएको जानकारी गराउदै नेपाल भमण बर्ष २०२० लाई मध्यनजर दिई वर्तमान समयमा आएर तामाङ समुदायको बिभिन्न क्षेत्रमा बिभिन्न किसिमका पोशाक हरु आएको हुनाले यस कार्यक्रममा बहुचर्चित मोडल हरूलाई पहिरन प्रदर्शनी गर्ने यस कार्यक्रमको मुख्य आकर्षण हो।साथमा विभिन्न किसिमका ल्होछार विशेष सांस्कृतिक कार्यक्रम पनि राखिएको छ जसमा तामाङ समुदायको ताम्बा, भोम्वो,लाखे नाच, म्हन्दोमाया नाच संगै तामाङ परिकारको खाना , तामाङ डेसको स्टलहरुको पनि ब्यवस्था गरिएको छ भनि यसै कार्यक्रमको संस्थापक अध्यक्ष रबि लामा तामाङले बताउनु भएको छ।

साथै गत शुक्रबार ललितपुर स्थित कुपनडोल हाइटको फाएर किचनमा मोडेलहरु छनौटको लागि अडिसन भएको थियो ।जसमा निर्णयको भुमिका प‌‌‌सिध्द प्रसिद्ध कोरियोग्राफर रोजिन शाक्य ,मोडेल इन्टरनेसनल ब्युउटी पेजेन्टको विनर पिया रानि लामा, म्हेन्दोला फोलेको उद्घोषक/गायक सुनील लामा, मिसेस तामाङको संयोजक शान्त कुमारी तामाङ बेटर ग्यालेक्सी को संस्थापक अध्यक्ष धीरज तण्डुकार थिए र यसै कार्यक्रम का सहकर्मी यमुना मगरले निर्णयक मण्डलहरुलाई खदा लगाइ कार्यक्रम शुभारम्भ गरिएको थियो ।

यस कार्यक्रममा बहुचर्चित तामाङ समुदायको कलाकार माननिय समाजसेवी बिभिन्न संघसस्थाका व्यक्तित्वहरुलाई उपस्थिति गराई काठमाडौंको बौद स्थित कुशल बैक्वाटमा यहि २०७६ माघ १० गते बृहत रुपमा तामाङ स्पेसियल रनवए फेसन सो संगै २८५६औ जिवा ल्होछार ईभ सम्पन्न गर्ने अायोजक लामाले जानकारी दिनुभएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।