काडमाडाैँ । बिलाम माेक्तानकाे अध्यक्षतमा ४१ सदस्य सहित नेपाल तामाङ युवा घेदुङकाे छैठौं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरियो ।युवा घेदुङकाे कार्यक्रममा प्रतिनिधि सभाकाे सांसद बहादुर सिं तामाङ प्रमुख अतिथिकाे रूपमा उपस्थिति हुने भनिएता पनि उपस्थित हुन सकेन ।
नेपाल तामाङ सांस्कृतिक घेदुङकाे सर्व सहमतिमा कार्य समिति निर्माण भएता पनि नेपाल तामाङ युवा घेदुङकाे भने अध्यक्षकाे लागि विवाद लम्किदै जाँदा राति २ बजे मात्र नयाँ कार्य समिति गठन हुन सफल भएकाे थियाे ।सभापतिमा बिलाम माेक्तान, संगम लामा, प्रतिक माेक्तान र साेम लामा बीचमा विवाद भएकाे थियाे ।
युवा घेदुङले दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने युवा घेदुङका सदस्यहरूकाे एक मत थियाे ।

तामाङ समुदायको अधिकारलाई सुनिश्चित गर्नका लागि युवा घेदुङले विशेष भुमिका निर्वाह गर्ने नयाँ कार्य समितिको लक्ष्य रहेको बताएका छन् । अध्यक्ष पदका लागि बिबाद भएता पनि संगठनको मुद्दालाई कार्यन्वयन गर्नका लागि सबै एक भएर अगाडि बढ्ने बिलाम मोक्तानले बताए ।
विवाद र दलगत स्वर्थकाे ठेसठासबाट रातकाे २ बजे नयाँ कार्य समिति चयन भएकाे थियोे ।
सभापति बिलाम माेक्तान सहितकाे नयाँ कार्य समित यस प्रकारकाे रहेकाे छ ।
























