बाैद्व। तामाङ समुदायको चर्चित नायिका रोशनी ब्लोन मोडल फुर्वा दोर्जे मोक्तानले अभिनयमा रहेको मुग्लान म्हिला ह्युल बोलको गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

साँच्चिकै यस गीतमा परदेशी तथा स्वदेशी हरुको प्रेममा आधारित मुग्लान म्हिला ह्युल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । स्वदेशमा बस्ने तथा विदेशमा रहेका युवाहरुको विचमा रहेको माया प्रेममा आधारित उक्त गीतलाई तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यातामा पत्रकार सम्मेलन गरि बाैद्वमा भिडियो सार्वजनिक भएको हो ।

शब्द हाल निकै व्यस्त रचनाकार कुमार स्याङवाले गर्नुभएको हो भने गीतमा स्वर निमा दोङ र जितु लोप्चानको सुमधुर आवाज रहेको छ।यस्तै गीतमा निमा दोङको नै संगीत रहेको छ भने उक्त गीतको म्युजिक भिडियोमा भने चर्चित नायिका रोशनी ब्लोन र फुर्वा दोर्जे मोक्तानको माया,प्रेम र स्नेह देख्न सकिन्छ ।यस गीतको एरेन्जर बुद्व स्याङवोले गर्नु भएको हो भने निर्देशन तामाङ चलचित्रको चर्चित नायक अमिर दोङले गर्नु भएका थिए।

साथै भिडियोमा हास्यकलाकार कुईसाङ रुम्वाको पनि अभिनय रहको छ ।
विदेशी भुमि र स्वदेशमा छायांकन गरेको भिडियोमा विदेशमा रहेका र नेपालमा भएका तमाम युवाहरुको माया, प्रेम र ममतालाई दर्शाउन खोजिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिब प्रविन बल, तामाङ बाैद्व संघका महासचिव टेक बहादुर मोक्तान ,तामाङ युवा घेदुङका उपाध्यक्ष संगम लामा, नायिका चाँदनी मोक्तान, चलचित्रकर्मी आस्मान लामा, चलचित्र कर्मी भुइसाल लामा, बौद्यको पूर्व वडा अध्यक्ष एवं समाजसेवी नेपाल जित लामा, नेपाल राष्ट्रिय तामाङ घेदुङका संचार विभाग प्रमुख कर्मा लामा, गायक अभिषेक मोक्तान,गायक जगत घिसिङ,संचारकर्मी विकास देव लामा,पत्रकार मिलन लामा लगाएतका अतिथिहरुको सहभागितामा भिडियो सार्वजनिक भएको थियो ।

कार्यक्रमको सभापतित्व तामाङ सुपरस्टार डम्फु मिडिया प्रालिका प्रवन्ध निर्देशक तथा चलचित्र निर्देशक अमिर दोङले गर्नु भएको थियो । यस्तै कार्यक्रमको उद्घोषण संचारकर्मी सुदिन लामाले गर्नुभएको थियो ।

भिडियो हेर्नुस्

Comments

comments