काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५, कानपुरमा २८५६ नाम्युङ सोनाम ल्होछार पावन अवसरमा २ दिनसम्म बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम नमोबुद्ध नगरपालिका वडा नं. ५ को सहयोगमा ल्होछार कार्यक्रम मूल समारोह समितिको आयोजनामा माघ १७ र १८ गते हुने भएको हो ।
समितिका संयोजक सिंग लामाका अनुसार कार्यक्रमको प्रतिनिधी सभा सदस्य सांसद गंगाबहादुर दोङ (बमध्वोज)ले भव्यताका साथ उद्घाटन गरिने छ । कार्यक्रमलाई उत्सवमय र उल्लासमय बनाउन चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित अन्य रास्ट्रिय तथा अन्तरास्ट्रियस्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने संयोजक लामाले तेमाल अनलाईनलाई जानकारी दिए । साथै स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनेछ ।
लामाले सम्पुर्ण ल्होछारप्रेमी महानुभावहरुलाई कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गर्दै अब ल्होछार बिस्तारै टुडिखेलबाट गाउँ बस्ती हुँदै घर घरमा पुग्ने र पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।