प्रकाश थिङ
ललितपुर । तामाङ समुदायको ऐतिहासिक राष्ट्रिय पर्व २८५६ जिवा ल्हो (मुसा) वर्षको अवसरमा दोस्रो पटक बागमती गाँउपालिकाले गाँउपालिका स्तरीय बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । कार्यक्रम आगामी माघ १३ गते एक दिनको विदा दिई बागमती गाउँ पालीकाको वडा नं ४ प्युटारको खयरघारी खेलकुद मैदानमा हुनेभएको हो ।
नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन स्थानीय पर्यटन प्रबद्र्धनको साँस्कृतिक पर्ब ल्होछारलाई आफ्नो घरआँगनमा मनाउने उदेश्यले गाउँपालिकाले कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक दिल बहादुर स्याङतानले बताए ।
ल्होछार महोत्सब तथा साँस्कृतिक कार्यक्रम सफल बनाउन राष्ट्रिय कलाकारहरु सेलो गायक प्रयास दोङ, अञ्जु थोकर, हाँस्य कलाकार पेमा लामा लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने कलाकार संयोजक लोक गायक सरोज लामाले जानकारी दिए ।
एक दिनको ल्होछार महोत्सबमा मनाउन गाउँपालिकाले लामा, बोन्पो, ताम्बा लगायतको झाँकी प्रस्तुति रहनेछ ।
कार्यक्रमको उद्घाटन गाँउपालिका अध्यक्ष वीर बहादुर लोप्चानले गर्ने छ भने बागमती गाउँपालिकाको १ देखी ७ वटै वडाका वडाअध्यक्षहरु, वडासदस्यहरुको सहभागीता रहेन बताईएको छ ।

Comments

comments