भक्तपुर । गायक विरे तामाङको नयाँ रोमाञ्चक गीत फिलफिल जामा बोलको गीतका म्युजिक भिडियो पत्रकार सम्मेलन गरि सार्वजनिक भएको छ।

सुर्यविनायक स्थित पाण्डु बजार भक्तपुरमा वरिष्ठ संगीतकार तथा गायक तामाङ सेलो सम्राट चन्द्र कुमार दोङको प्रमुख अातिथ्यतामा भएको हो।विशेष अतिथि नेपाल तामाङ कलाकार संघकम अध्यक्ष सञ्जिव वाईवा,नेपाल तामाङ कलाकार संघका महासचिव विशाल काल्तान, चर्चित गायिका जितु लोप्चान, जम्बुलिङ तामाङ समाजका अध्यक्ष बिशाल योञ्जन ,तामाङ युवा घेदुङका उपाध्यक्ष संगम लामा राष्ट्रिय तामाङ घेदुङका सञ्चार प्रमुख कर्मा लामा रचनाकार कुमार स्याङवा,नायिका रोशनी ब्लोन,गायक जगत घिसिङ, समाजसेवी असमान वाईवा,मोडल हिरालाल ह्योल्मो, रचनाकार ज्ञानदश तामाङ,गायक विहिन दोङ लगायतका अतिथिहरु उपस्थिति रहेका थिए।

शब्द निकै लोकप्रिय गीतहरु लेख्न सफल रचनाकार कुमार स्याङवा, संगीत चर्चित गायक तथा संगीतकार विशाल काल्तानको रहेको गीतमा गायक विरे तामाङ (प्रकाश ) र जितु लोप्चानका रहेका छन् ।

उक्त भिडियोमा तामाङ समुदायकै चर्चित नायक कुमार मोक्तान र निराञ्जली लामाको निकै रोमाञ्चक अभिनय गरेका छन् भने भिडियो गायक विरे तामाङ(प्रकाश)ले पनि साथ दिएका छन्।

निर्देशन प्रतीक ङ्यासुरको रहेका भिडियोमा छायांकन सुर्य लामाले गरेका हुन् ।संगीत संयोजन चाँद सिँ मिक्सीङ दिपेस प्रधानले गरेका गीतको भिडियो जिग्मे मिडिया हाउसको अफिसियल च्यानालबाट बजार सार्वजनिक गरेका हुन्।

भिडियो हेर्नुस्

Comments

comments