बनेपा । देव श्रेष्ठ र पार्वती कार्कीको आवाजमा रहेको ‘बाध्य भएँ पराइको हुनलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
मिलन फिल्मस्ले बजारमा ल्याएको लोक दोहोरी गीतको भिडियोमा संचारकर्मी अरविन्द्र गौतमको समेत अभिनय रहेको छ । भिडियोमा गौतमका साथमा दिनेश श्रेष्ठ, रुपा रिमाल, निर्जलन तामाङको आकर्षक अभिनय रहेको छ । भिडियोलाई दिनेश श्रेष्ठले निर्देशन गरेका छन् ।
माया प्रेममा पाएको पीडाको भावलाई चित्रण गरिएको ‘बाध्य भएँ पराइको हुनलाई’ बोलको यो गीतको शब्द, संगीत सुनिल बिसीले गरेका छन् भने अनिल जिसीले खिचेको भिडियोलाई दवी गुरुङले सम्पादन गरेको छ ।

Comments

comments