दक्षिण कोरिया । कोरियाको राजधानी सउल (दोङदेमुन) अवस्थित तामाङ धिममा सम्पन्न भेलाले गायक युनिक दोङको अध्यक्षमा नेपाल तामाङ कलाकार संघ, दक्षिण कोरिया शुक्रबार गठन भएको छ ।

नेपालबाट दक्षिण कोरियालाइ कर्मथलो बनाएका विभिन्न जिल्लाका तामाङ कलाकारहरूको भेलाले ९ सदस्यीय कार्यसमिती रहने संघ गठन गरिएको हो ।

सो कार्यसमितीको उपाध्यक्षमा सुर्य रुम्बा (गायक), सचिबमा मिलन दोङ (गायक), सह–सचिबमा छेडुप लामा (गायक), कोषाध्यक्षमा ज्ञान लामा (गायक), सदस्यहरुमा राज ब्लोन (गायक), मनिराज घलान (डान्सर), अन्जय लामा (गायक) र प्रयास लामा (डान्सर) रहेका छन् ।

नेपाल तामाङ कलाकार संघ, दक्षिण कोरियाको अध्यक्ष युनिक दोङले निर्वाचित भएपछि मन्तव्यका क्रममा अब तामाङ कलाकारको हकअधिकारका लागि संघमार्फत एकजुट भएर अघि बढ्ने र सक्दो साथ सहयोगको लागि सम्बन्धित पक्ष आशावादी रहेकोसमेत बताए ।

भेलाको प्रमुख अतिथि नेपाल तामाङ संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष रबि लामाले मन्तव्यका क्रममा नेपाल तामाङ कलाकार संघ, दक्षिण कोरियाका कार्यसमिति सम्पूर्णलाइ बधाइ र शुभकामना दिएका थिए ।

तामाङ संघ दक्षिण कोरियाका उपाध्यक्ष बुद्ध लामा, सञ्चारकर्मी द्वेय शुभराज बेम्जन र अमिर योञ्जनको उपस्थितीमा भेला सम्पन्न भएको  थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।