दक्षिण कोरिया । नेपाली गीतसंगीतमा एक दशकभन्दा बढी समय बिताइसकेका गायक सूर्य रूम्बाको पहिलो तामाङ गीत ‘फ्याफूल्ला’ शनिबार सार्वजनिक भएको छ ।
ललितकला क्याम्पसबाट २०६५ मा संगीत स्नातकसम्मको अध्ययन गरेका गायक रूम्बाले वि.सं. २०६६ मा ‘नाम’ र वि.सं. २०७२ ‘लक’ गरेर दुइटा गीति एल्बमसमेत सार्वजनिक गरिसकेका छन् ।
गायक रूम्बाले नेपाली चलचित्र ‘संसार आफ्नै’को ‘फूलै फूल छ यहाँ’ र ‘हिरो नं.१’को ‘के गर्नु मंगले’ गीतमा समेत आफ्नो स्वर, शब्द र संगीत दिएको छ ।
गायक रूम्बा विगत ४ बर्षदेखि रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेरपनि गीत संगीतमा त्यति नै सकृया गायक हुन् ।
‘फ्याफूल्ला’ गीतमा स्वार, शब्द र संगीत स्वयम गायक रूम्बाकै र गीत माया प्रेमसम्बन्धी बनेको गायक रूम्बाले जानकारी दिनुभयो । आफू र संगीत टाढा हुनै नसकिने समेत गायक रूम्बाले बताउनुभयो ।
यो गीतको संगीत संयोजन उत्सब सुब्बा लामा र मिक्सिङ माष्टरिङ हलेसी डिजिटलमार्फत आर.बी. लामाले गरेको छ । यो गीतको छयाङकन गजेन्द्र बुढामगर, सम्पादन विशालराज राइ र सहयोगी निर्देशन शुभराज भोम्जनले गरेको छ ।
यो गीत नेपाली भाषामा पनि रेकार्डिङ सकेर मिक्सिङको क्रममा रहेकोले चाडैं दर्शकश्रोता सामु ल्याउने गायक रूम्बाले बताउनुभयो ।
यो गीत हेर्न र सुन्नका लागि लिङ्कमा क्लिक गर्नुहोलाः