भक्तपुर ।माया,प्रेम सम्बन्धित तामाङ गीत “चु सेम”को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।
मोडेल प्रदिप मोक्तान र सुजीना गोलेले अा अाफ्नो दुई मुटु र मनलाई एउटै मिलन विन्दुमा केन्द्रीकृत गरेका छन्।
शब्द कुमार स्याङ्बाको ,संगीत चर्चित गायक तथा संगीतकार विशाल काल्तानको रहेको गीतमा स्वर विशाल काल्तान र चर्चित गायिका जीतु लोप्चनको सुमधुर आवाज रहेको छ । चाँद सिंको एरेन्ज तथा दिपेश प्रधानको मिक्सिङ रहेको यस गीतलाई जेनेरिक स्टुडियोमा रेकर्ड गरिएको हो ।हल निकै व्यस्त निर्देशन अजय स्याङ्तानल निर्देशित र सम्पादन तथा कलरिङ रहेको यस म्युजीक भिडियोको छायांकन विक्रम मोक्तानले गरेका थिए। उक्त भिडियोलाई को म्हेन्दो मिडिया हाउसको अफीसियल युट्युव च्यानल मार्फत आज सार्वजनीक गरिएको छ ।
भिडियो हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























