प्रिय फाल्गुन एक
राता मान्छेहरुको सपनाको मार्ग
कहिल्यै नथाकिने होनहार योद्धाहरुको ईतिहास
कहिल्यै नझुक्ने हिमशिखरको यात्रा
महान जनयुद्ध !
सधै सम्झिरहने अमर फाल्गुन
सधै क्षितिजमा चम्किरहने अटल फाल्गुन
सधै बिद्रोह बालिरहने क्रान्ती दिप
दुई कौडिको थोत्रा बन्दुकमा बिराजमान बादशाह
श्रमचोर, लुटेरा र खुनी सत्ताको करङ खुस्किने गरि
निरन्तर मार्चपास गरिरहने प्यारो फाल्गुन
लाटा सोझा , अर्घेलो र बहिराहरुलाइ
मुक्तिको नगरा फुक्न सिकाउने प्यारो फाल्गुन
मेरि आमा दिदी बहिनी र काकिहरुलाइ
चुलो ,चौका मेलापात र घरधन्दाबाट
आधा आकाश र आधा धर्तिको हकदार हुन सिकाउने अभियान
मेरा ठुल्दाइ माल्दाइ र च्याङ्बा दाइहरुलाइ
स्क्वाइड , प्लाटुन र कमिसार बनाउने मार्गदर्शक
‘लालसेना सेना’ को प्यारो बर्दी लगाएर
‘आधार ईलाकामा’ लेफ्टराइट सिकाउने फाल्गुन एक
अर्थात् भोका नाङ्गाहरुको अभियान
तानाशाहको महलमा डढेलो लगाउन सामुहिक प्रतिबद्धता गरेको दिन
आफ्नै पसिनाले जनसत्ताको मालिक हुने सङ्कल्प
सधै सम्झिरहने प्यारो
सधै मेरा घर आगनमा खुसी दिने दिवस
अर्थात मेरो फाल्गुन एकले दिएको उपहार गणतन्त्र
प्यारो गणतन्त्र ,
युग युग चम्किरहने नक्षत्र
अर्थात दिल बहादुर रम्तेलले रगत दिएको महिना
अर्थात मेरो कान्छा भाइले मुक्तिको शपथसङ्गै आहुती दिएको दिन
अर्थात मेरा इच्छुकले जेल नेल र गोलि सङ्ग साटेको गणतन्त्र
मानव बादशालामा मेरा सहोदर हितैसिहरुले एउटै चिहानमा
देखेको क्रान्तीको सपना
प्यारो फाल्गुन एक
महान फाल्गुन एक
महान जनयुद्ध ,
निरन्तर क्रान्ती ,
लुच्छा , जाली झेली र ठगिहरुको मुटुमा
सधै सात रेक्टरको भुकम्प कम्पयमान दिइरहने प्रिय फाल्गुन
मेरो सपनाको प्यारो महिना
मेरो क्रान्तिको दमहा बजाउने प्यारो फाल्गुन एक
झुप्राहरुले सधै सम्झिरहने प्यारो फाल्गुन एक

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।