भक्तपुर । तामाङ सेलो सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अहिलेका तामाङ तथा सेलो गितका व्यस्त संगीतकार तथा गायक बिशाल काल्तानको बिल्कुलै पृथक तामाङ सेलो “कोही मात्यो” बोलको गितको शुभ साइत “भ्यालेन्टाईन”डेमा परेको छन् ।उक्त गीतलाई भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसको दिन सार्बजनिक गरिने भएको छ।
निकै चर्चित रचनाकार कुमार स्याङवाले शब्द संकलन गरेको उक्त गीतमा संगीत र स्वर बिशाल काल्तानको रहेको छ।
गितको एरेन्ज एरेन्जर चांद सिँ को रहेको छ भने गितलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन।
म्युजिक भिडियो सहित रिलिज गर्न लागेको उक्त गितमा अभिनय चर्चित मोडल मिलन थिङ( पाराङ )र नब मोडल सुशीला तामाङले गरेका छन् भने निर्देशन कृष्ण ब्लोन छयांकन तथा सम्पादन सुर्य लामाले गरेका छन। जिग्मे मिडिया युट्युब च्यानाल बाट आउन लागेको उक्त गीत भोलि २ बजे सार्वजनिक गरिने भएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























