भक्तपुर ।  तामाङ सेलो सांगीतिक दुनियाँमा अर्को फेरि “कोहि मात्यो”ले इतिहासमा इँट्टा थापेको छ।

अत्याधिक दर्शकहरूको मन जित्न सफल चर्चित संगीतकार तथा गायक बिशाल काल्तानको बिल्कुलै पृथक तामाङ सेलो “कोही मात्यो” बोलको गीतमा मोडल मिलन थिङ(पाराङ र नव मोडल सुशीला तामाङको निकै रोमाञ्चक अभिनय भएको म्युजिक भिडियोलाई सार्वजनिक गरेका छन् ।उक्त गीतलाई भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसको शुभ साइत पारेर बजारमा ल्याएको हो ।

रचनाकार कुमार स्याङवाको शब्द, संगीत र स्वर बिशाल काल्तानको सुमधुर अावाज रहेको छ।
गितको एरेन्जर चांद सिँ को रहेको गीतमा गितलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन।
भने निर्देशन कृष्ण ब्लोन छयांकन तथा सम्पादन सुर्य लामाले गरेका छन् । उक्त भिडियो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएको हो।
भिडियो हेर्नुस् ।

Comments

comments