छेडुप तामाङ, १ जेष्ठ २०७७
काभ्रे । तामाङ भाषाको चलचित्रमा निक्कै चर्चा कमाई सकेकी नायिका सुनिता लुङबाले ‘अर्काको पोइ’ ताकेको खबर सुन्दा दर्शक श्रोता हैरान पर्नु स्वभाविक हो । स्टेजमा होस या चलचित्र अभिनयमा होस् अर्काकै पोइको चर्चा गर्दै आएकी नायिका लुङबाले लकडाउनको अवस्थामा समेत अर्काको पोइकै चर्चा गरेकी छिन् ।
लुङबाले साँच्चिकै ‘अर्काको पोइ’ खोजेको भने होइन । बुधबार तेमाल अनलाईन र हाम्रो टिभी नमोबुद्धसँगको रमाईलो कुराकानीमा ‘अर्काको पोइ’को चर्चा गर्दै उनले दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरेकी हुन् ।
अभियनय, गायन क्षेत्रमा निक्कै नै व्यस्त नायिकासँग हामीले उनकै निवासमा पुगेर रमाइलो कुराकानी गरेका थियौं ।
नायिका लुङबासँग गरेको रमाइलो कुराकानी हेर्नुहोस्ः

Comments

comments