२३ जेष्ठ २०७७
बनेपा । कोरोनाको महामारीमा बिदेशी भुमिमा रहेका नेपालीहरुको पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरी गीत “आउछु फर्केर“ सार्वजनिक भएको छ ।
डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमालोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द, लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकी छन् ।
जीवन बडू को एरेन्ज रहेको गीतको भिडियो मा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेको छ । क्यामेरा पिटर गुरुङ, सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।
केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानि, कोरोना, घरमै बसौनको साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएको थियो ।
यो गीत हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकाय को ध्यान पुर्याउने उद्देश्य ले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए।
भिडियो हेर्नुहोसः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।