छेडुप तामाङ
२६ जेष्ठ २०७७
धुलिखेल । तामाङ चलचित्रका नायक अमिर दोङले तामाङ भाषाको चलचित्र हलहरुमा सञ्चालन गर्न नदिएको भन्ने कुरा सत्य नभएको बताएका छन् । तेमाल अनलाइनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुद्धसँगको मनोरञ्जनात्मक संवादमा नायक दोङले उक्त कुरा बतएका हुन् ।
‘तामाङ भाषाको चलचित्र हलमा चलाउन नदिएको भन्ने कुरा सत्य होइन । नेपाल सरकारले चल्न दिएको छ ।’ दोङले भने, ‘हामी आफैले चलाउन नसकेको हो । हलमा चलचित्र चलाउँदा आम्दानी भन्दा खर्च धेरै हुने रहेछ त्यसैले हामीले चलाउन नसकेको हो ।’
नायक दोङसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























