भक्तपुर । गायक तथा संगीतकार जगत घिसिङको “सेमरिमी हुलहुल” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।
कोराना भाइरसका कारण करिव ३ महिनादेखि गीत संगीत क्षेत्र ठप्प भइरहेको बेलामा उक्त म्युजिक भिडियो गीत बजारमा ल्याएको हो।
मोडल लाक्पा लामा र पुर्णिामा थोकरबाट अभिनित गरेको भिडियोमा शब्द संकलन तथा संगीत संयोजन गायक तथा संगीतकार जगत घिसिङको रहेको गीतमा जगत घिसिङ र रश्मि दोङको सुमधुर अावाजमा रहेको छ।
एरेन्जर र मिक्सिङ अागा लामाले गरेको गीतमा प्रतीक ङ्यासुरले निर्देशन गरेको थियो ।भने भिडियोको छायांकन, इडिट र सम्पादन सुर्य लामाले गरेका छन् ।
गीतमा तामाङ जातिको माैलिक भाका र ऐतिहासिकता झल्किएको पाइन्छ।तर गीतको भिडियो सार्वजनिक भएलगत्तै केही दर्शकहरुले भने समाजिक सञ्जालमा विरोधको प्रतिक्रिया जनाएको थियो ।
भिडियोको केही दर्शकले विरोध जनाएपछि गायक जगत घिसिङ र मोडल लाक्पा लामाले दर्शक, शुभेच्छहरुको प्रतिक्रियाको बिशेष धन्यवाद व्यक्त गर्नु हुदै अाफु निरन्तर तामाङ सांगीतिक क्षेत्रको विकासको निम्ति लागिरहने बताएका छन् ।
भिडियो हेर्नुस् ।
























