किरण कृयशनद्वारा निर्माण गरिएको “समृद्ध नेपाल सुखी नेपाली” एल्बममा समावेश प्रधानमन्त्री केपि शर्मा ओलीद्वारा रचना गरिएको गीत “स्वदेश मै रोजगारी‘‘” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल चलचित्र कलाकार संघको सहयोगमा निर्माण भएको भिडियोमा वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशनमा रहेको छ भने संयोजन युवा नेता रमेश पौडेलले गरेका छन् ।

उक्त भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ, भने छायाङ्कन प्रधुम्न मिश्रको रहेको छ । शान्तिराम राईको संगीत रहेको गीतमा स्वर शान्तिराम राई र मेलिना राईको छ।

मोहन निरौला, रबिन्द्र खड्का, पवित्रा आचार्य,चेत ब.सिंह “राजा”, रामेश्वर बुर्लाकोटी, आशा भुसाल, प्रकृति के.सी, रमेश पौडेल,उद्धब भट्टराई, गोपाल ढकाल,जीवन थापा,सुनिल कटुवाल लगायतको अभिनय रहेको गीतमा सम्पादन बिनिद बमको रहेको छ ।

Comments

comments