तेमाल ।  तामाङ माया प्रेम गीत “खाल्से ब्रिबा मुग्याम माया”बोलको तामाङ गीत बजारमा ल्याएको छ।

लामो लकडाउन पश्च्यात तामाङ म्युजिक भिडियो TF CHANNEL युटुबबाट सार्वजनिक भएको हो। जयन कुमार मोक्तानको निर्देशन मा निर्माण भएको यस गीतलाई तिङला स्हेर नामक एल्बममा समेटिएको थियो।

भिडियोमा सुरेन्द्र तामाङ, सुस्मिता तामाङ, धुर्व सिं तामाङ घोटे, अस्मिता तामाङ, सम्झना तामाङको अभिनय रहेको छ ।
रामजी घलानको शब्द रहेको यस गीतलाई अमृत लामाले संगीत संयोजन गरेको हो भने निर्मला घिसिङको सुमधुर स्वर रहेको छन् । गीतको मुल कथा फोटोग्राफर युवाको कथालाई समेटेको देखिन्छ । मोडलीङ क्षेत्रका युवती संग प्रेम रहेको फोटोग्राफर युवाले बाहिर अरुको प्रेममा परे पनि अन्तमा आफ्नो श्रीमतीलाई आँखा दान गरेर मृत्‍यु भएको दृश्य कथालाई मन छुने गरेर समेटिएको छ ।

लकडाउन भएकै कारण सामाजिक दुरी कायम गरी छायाङकन गरेको समेत निर्देशक मोक्तानले बताएका छन् ।

भिडियो क्लिक गर्नुहोस् ।

Comments

comments