भक्तपुर ।मनसानी ब्लोन तामाङ र विरमान थिङ तामाङको प्रस्तुति रहेको तामाङ फापरे सेलो जुहारी”अामाले किनेको स्टाकोट  बोलको गीत बजारमा ल्याएका छन् ।

आदिम  युगमा जसरी तामाङहरुको उत्पति भयो,तब देखि नै तामाङ जातिको माैलिक संग जोडिएर अाएको यस भाका तामाङ बस्ती समुदायमा निकै प्रचलित र लोकप्रियता भाका हो ।जस भाकामा सृचित शब्द र लयमा गाएको गीतलाई तामाङ फापरे सेलो गीत भन्ने चलन छन् ।

यस फापरे भाका तामाङ सांस्कृतिक एकता अाधारको रुपमा पनि लिएको छ।तामाङ माैलिक फापरे गीतमा अाफ्नै बेग्लै स्वाद छ मार्मिक शब्द अनि ठट्यौली शब्द खेलिएको हुन्छ

अाफ्नो माैलिकपन र तामाङ फापरे सेलो गीतमा अाफ्नो छुट्टै पहिचान बनाउन सफल युवा चर्चित गायक बैरागी मोक्तानको शब्द,संगीत रहेको छ।

यस गीतमा वरिष्ठ गायिका इन्द्रिरा गोले तामाङ र गायक बैरागी मोक्तानको सुमधुर अावाज रहेको छन् ।यस गीतको एरेञ्जर पावन वाङ लामाले गरेका थियो ‍भने अडियो इडिट क्यामरा र मिक्सिक दिका गुरुङले गरेका छन् ।उक्त गीत काठमाडौं डिजिटल स्टुडियोमा रेकर्ड गरेका हुन्।

Comments

comments