९ श्रावण २०७७
काठमाडौं । चर्चित गायक।गायीकाहरु राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तिज गीत ‘आँगनीमा’ सार्वजनिक भएको छ ।
डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीत ‘आँगनीमा’ मा शब्द तथा लय कलशी रोकायाको रहेको छ भने पाश्र्व स्वर स्मृति शाही, पुस्पा बोहरा र मुना रोक्काको रहेको छ ।
भिडियोको निर्देशन प्रभावन जेको रहेको छ । अभिनयमा सारिका केशि, चक्र बम, रश्मि भट्ट, प्रलाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, बुवन विक, बाल कलाकार कौशल बलायर, नवोदिता गिरि र दिप्ति रतालाले गरेका छन् । सहायक निर्देशन राजाराम गौतमले गरेका छन् । निर्माण नियन्त्रक विवेक चौलागाईको रहेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाई को छायांकन रहेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर शन्तोष राजबाहक को रहेको छ । श्रृङ्गार माहि सिङले गरेकि छन् ।
बिग परिवेश रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ जीवन बडु, रेकर्डिस्ट मनोज डङोलले गरेका हुन् ।
भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीत हेर्नुहोस:

Comments

comments