भक्तपुर ।अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चर्चित लोकप्रिय गायक राजु लामाको अावाजमा रहेको “शैलुङ्गे मेलैमा जाँदा”बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ।

युवा गायक अनिल लामाको शब्द ,संगीत रहेको उक्त गीत एरेञ्जर फणीन्द्र राईले गरेका गीतलाई मंगलबार राजु लामा(मङ्गोलियन हार्ट) अफिसियल युट्युबबाट बजारमा ल्याएको हो।

गायक अनिल लामाद्वारा रचना गरेको गीतमा धार्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण शैलुङ्गेश्वर महादेव मेलालाई वर्णन गरेर साँच्चिकै अाफुलाई मन परेको कान्छीलाई मेलामा भेटेपछि अझ माया प्रेमलाई सशक्त ढंगले उत्थान गरेको पाउन पाईन्छ ।
गीत सुन्नुहोला।

Comments

comments