काठमाडौं ।बेहोस तासी डोङ रेमा तिल्दा, एदा डान्बा खाचि झन झन गार्‍हो ताची एला डान्बा खासी।
भने बोलको गीत चर्चित गायक तथा संगीतकार तामाङ कलाकार संघका उपाध्यक्ष विश्व दोङको प्रमुख अातिथ्यतामा बुधबार सार्वजनिक भएको छ।

smart

माया के हो? ममता के हो? स्नेह के हो ?बिछोड के हो? भन्ने कुरा यस गीतबाट सजिलैसँग बुझ्न सकिनेछ ।

अाफुले माया गरेको मायालुले अाफ्नो साथ छोडी पराईसंग सम्बन्ध गाँसिदा यता अाफुलाई भएको पिडा अनि मुटु छिया छिया भएको ब्यथालाई प्रस्तुत गरिएको छन् ।

कल्पना दोङको मायामा बिछोडिदा कुलसाङ लामा एकाएक कुलतमा फाँसेका छन् ।अनि धेरै मदिरा सेवन गरेर बेहोस समेत भएको छन् ।

कुमार सिङ तामाङ लोप्चानको रहेको गीतमा चर्चित संगीतकार निमा दोङको संगीत रहेको छ भने युवा गायक हावा लामाको स्वर रहेको छन् ।

तामाङ चलचित्र अभिनेता अमिर दोङको कोरियोग्राफी,इडिट र निर्देशन गरेको म्युजिक भिडियोमा मोडल कुसाङ लामा, कल्पना दोङ र कुईसाङ रुम्बाको अभिनय रहेको छन् ।

गीतका एरेञ्जर /मिक्सिङ दिपेन्द्र प्रधानले गरेको थिए भने भिडियोको छायांकन रोशन फ्युबा,ड्रोन क्याप्टेन सुरेश घिसिङ रहेको छन् ।भिडियोको कलर राजु लामाले गरेका थिए।

उक्त सार्वजनिक कार्यक्रममा बिशेष अतिथि रोशी गा. पा.वडा ३ का अध्यक्ष धनजित लामा एभरेष्ट होमका अध्यक्ष तथा चर्चित नायिका रञ्जिता ब्लोन,चर्चित नायिका सुस्मा मोक्तान,सरोज घिसिङ ,अासमान वाईवा अभिषेक मोक्तान, जगत घिसिङ, लगायतका विभिन्न क्षेत्रका अतिथिहरुको उपस्थिति रहेको थिए।

काठमाडौंको विभिन्न ठाउँमा छायांकन गरेका यस म्युजिक भिडियोलाई डम्फू मिडिया प्रालिको अफिसियल युट्युबबाट बजारमा ल्याएको हो ।कार्यक्रम अमिर दोङको सभापतित्वमा भएको थियोे ।

भिडियो हेर्नुस्

Comments

comments