१७ श्रावण २०७७
काठमाण्डौ । चर्चित गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ ।
पछिल्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्ष्रेत्रमा नयाँ प्रयोग ल्याएका छन् ।
गीतमा दिनेश सुवेदिको शब्द, उनै गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छिन् ।
भिडियोलाई निर्देशक बाबु जिम्बाले छायांकन, कोरियोग्राफी र निर्देशन गरेका हुन भने छायांकन, सम्पादन र कलर आशिष जिम्बाले गरेका हुन् । भिडियोमा गायक गायिकालाई नै देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस्

Comments

comments