२५ श्रावण २०७७
काठमाडौं । तामाङ गीत संगीतको आकाशमा एउटा प्रेम गीत थपिएको छ । तामाङ समुदायको चर्चित गायक बिशाल काल्तान र गायिका जितु लोप्चानको सुमधुर आवाजमा रहेको नेसी–नेसी (हाँसी–हाँसी) शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईबको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । गितकार जे.बि. तामाङको शब्द रचनामा रहेको उक्त गीतको संगीत पनि काल्तान कै रहेको छ । गीतमा अभिनय नायक तथा निर्देशक अमिर दोङ र रिता लामाले गरेका छन् ।

हेरुका लामाले नृत्य निर्देशन तथा अमिर दोङको निर्देशनमा सुर्य लामाले छायंकन गरिएका हुन् । भिडियोमा प्रेमी र प्रेमीकाले एक अर्काको मनको भाव संगै जस्तो सुकै अवस्थामा पनि हांसी हंसी जीवन बिताउन सकिन्छ जस्ता भावनाहरु एक आपसमा व्यक्त गरेको पाईन्छ ।
भिडियो हेर्नुहोस्ः

Comments

comments