२५ श्रावण २०७७
धुलिखेल । तामाङ गीत संगीतमा उदाएका ज्ञान लामाको ‘कोरीयाला लाहुरे’ बोलको गीत सार्वजनिक भएको छ । लामाको यो तामाङ दोहोरी गीत हो ।
कल्पना वाइवाको शब्द, सानुबाबु घिसिङको संगीत रहेको छ । गीतमा गायक ज्ञान लामा र गायिका निर्मला घिसिङको स्वर रहेको छ । नोर्बु शेर्पाको संगीत संयोजन रहेको सो गीत सरगम स्टुडियो बौद्धमा र बबल गम स्टुडियो कोरियामा रेकर्ड गरिएको हो भने गीतमा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।
यस अघि उनले ‘साइली बोर्से वा माइली’ को चर्चा पाएको थियो ।
भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।