काठमाडौं । गायक केशव पाख्रीनको तामाङ सेलो ” ठेकीको मोही” बोलको गीतको म्युजिक भिडियो बाैद्वमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवाको प्रमुख अातिथ्यातामा उक्त तामाङ सेलो “ठेकीको मोही”म्युजिक भिडियोलाई बजारमा ल्याएको हो।
उक्त म्युजिक भिडियो तामाङ चलचित्र जगतका लोकप्रिय नायक तथा निर्देशक अमिर दोङ चर्चित नायिका यिय सुस्मा मोक्तानले अभिनित गरेका छन् ।
शब्द साङ्गे ब्लोन तामाङको रहेको गीतमा वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङले संगीत संयोजन रहेको छन् ।
भिडियोको कोरियोग्राफर तथा निर्देशक खेम मोक्तानले गरेका थिए भने छायांकन / सम्पादन रोशन फ्युवले गरेको हो।बिशेष अतिथि चर्चित गायक तथा संगीतकार विशाल काल्तान, चर्चित संगीतकार तथा गायक निमा दोङ, गायक सुवास मोक्तान, गायक रोशन फ्युवा,नायक ऋतुराज पाख्रीन लगायतका अतिथिहरु उपस्थिति रहेको थियोे ।
यस म्युजिक भिडियोलाई ल्हाप्साङ कार्पोको अफिसियल च्यानलबाट बजारमा ल्याएको छन् ।
भिडियो हेर्नुस् :

Comments

comments