सुनिता दोङ तामाङ
२७ श्रावण २०७७
गायक रोम लामा ब्लेन्देनले म्हेंदोमाया गीतको म्युजिक भिडियो ‘महेन्द्र माली’ सार्वजनिक गरेका छन् । ‘महेन्द्र माली’ डान्सिङ्ग नम्बर रहेको गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।
प्रवासमा रहेर पनि आफ्नो भाषा संस्कार संस्कृतिको जगेर्न गर्नको लागि गायक लामाले निरन्तरता दिईरहेका छन् । उनले तामाङ भाषाको पश्चिम क्षेत्र धादिङ, नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेंदोमाया गीतको भिडियो बजारमा ल्याइरहेका छन् ।
गायक रोम लामा र गायिका टीकामाया चोथेनको मिठो अवाजमा सजिएको यस गीतको संगीत भने अहिलेका चर्चित म्हेंदोमाया गायिका मिना लामा थोकरको रहेको छ । शब्द रचना आर बि वाङ्देन लामाको छ भने संगीत संयोजक अमृत लाव्गुनको रहेको छ, अडियो मिक्सिङ डिका गुरुङको रहेको छ ।
भिडियोमा सुरज लामा र रितु लामाको अभिनय रहेको छ । निर्देशन र कोरियोग्राफर देव दोर्जे लामाको रहेको छ ।
भिडियो हेर्नुहोस्ः

 

Comments

comments