भक्तपुर ।लाक्पा लामा र विनु शाक्यको “माया बस्यो ख्यालै ख्यालैमा” म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।
भिडियोमा चर्चित मोडल लाक्पा लामा र विनु शाक्यविच मायाप्रेमको सम्बन्ध ख्याल ख्यालै माया बसेको साथै सम्बन्ध अझ मजबुत भएको देखिन्छ ।
हाँस्दैमा मैच्याङ सुटुक्क,नता सम्सि धोला माया, तेमाल ग्याम्से भन्ने चर्चित गीतहरुको अपार सफलतापछि चर्चित पप गायक तथा संगीतकार अविशेक लामाले फेरि नयाँ “माया बस्यो ख्यालै ख्यालैमा” गीत बजारमा ल्याएको हो।
गायक अबिशेक तामाङको संगीत संयोजन तथा सुमधुर अावाज रहेको छ भने, साङ्गे ब्लोन तामाङले शब्द रचना रहेको छ।
पर्यटक दृष्टिकोणले निकै नै सुन्दर नगरकोटको विभिन्न स्थलका आकर्षक दृश्यहरु यस भिडियोमा अवलोकन गर्न सकिन्छ
हाल निकै ब्यस्त युवा निर्देशक प्रतीक ङ्यासुरले निर्देशन गरेको भिडियोलाई सुर्य लामाले छायांकन र इडिट गरेको छ। ड्रोन क्याप्टेन वज्र ङ्यसुर रहेको यस गीतको अडियोलाई चाँद सि ले एरेञ्ज गरेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेको छ ।
यस भिडियोलाई गायक अबिशेक तामाङकै अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएको हो।
भिडियो हेर्नुस् ।
























