भक्तपुर । तामाङ सांगीतिक दुनियाँमा गायिका शिरि लोप्चानको “पहिलो प्रस्तुति रहेको तामाङ गीत ” टिकटक “बोलको गीतको भिडियो सहित बजारमा अाएको छ।
तामाङ गीत संगीतले दैनिक जसो अाउने क्रममा फेरि अर्को नयाँ गायिका शिरि लोप्चानको पहिलो अावाजमा रहेको उक्त गीतमा अारम्भ तामाङले साथ दिएका छन् ।

उक्त गीतमा मोडल अारम्भ तामाङ, शिरि लोप्चान, अरिन तामाङ, र रिमा पाख्रीन तामाङले मुख्य अभिनय गरेका छन् ।

उक्त म्युजिक भिडियोको निर्देशन राजकिङ वाइवाले गरेको हो भने ड्रोन क्याप्टेनमा सुरेश घिसिङ रहेको छ।
शैलाप तामाङको शब्द/ संगीत रहेको छ भने एरेञ्ज कमल साउरङले गरेका थिए भने मिक्सिङ दिका गुरुङले गरेको थियोे ।भिडियो गायक अारम्भ तामाङको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

हेर्नु भिडियो ।

Comments

comments