भक्तपुर । निकै लोकप्रिय चर्चित संगीतकार तथा गायक विशाल काल्तान र गायिका पुजा बोम्जन को सुमधुर अावाज रहेको बिल्कुलै नयाँ प्रेमगित बजारमा सार्वजनिक भएको छ।
गायक विशाल काल्तान भन्ने बित्तिकै लाखौं दर्शकहरुले सर्वाधिक रुचाएका गायक हुन्। तामाङ सांगीतिक दुनियाँमा करिब एक दशक देखि एकमात्र अाफ्नो बर्चस्व कायम राख्न सफल गायक हुन् ।गीतमा अाफ्नो प्रेम प्रेमिका बिचमा हृदयभित्रका भावनाहरु निकै मार्मिक ढंगले मायाप्रेम प्रस्तुत गरेको छ।
गीतमा यसरी प्रस्तुत गरिएको छ।
“ङ्यान्गोले ङ्यान्गोले गोर्की ताम् पाङला ङाअी मायाला”
“पाङगोले पाङगोले एला ताम् ङ्यान्ना ङाअी मायाला”
ङाताम् ल्हानान सेम निजि एला आनिबानि,चेकाअी लासी ङामरि खासि पाङला एता नानि”भनेर मायालु अनि रचनात्मक ढंगले प्रस्तुत गरेको पाइन्छ ।
उक्त गीतको शब्द/संगीत संयोजन लोकप्रिय संगीतकार विशाल काल्तानको रहेको छ भने एरेञ्जल जोकलाल लामा र मिक्सिङ दिपेस प्रधानले गरेका छन् । कोरियोग्राफी/छायांकन र इडिट सुर्य लामाले गरेको हो।
हेर्नुस् भिडियो

Comments

comments