गायक जयराम खड्का र गायीका पुर्णिमा लामाको नयाँ लोक दोहारी गीत ‘हो नी रेशम’ सार्वजनिक भएको छ ।
कोरना कहरका बीच नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न सार्वजनिक भएको उक्त गीतमा गायक खड्काको मिठासपुर्ण स्वर सुन्न सकिन्छ ।
भिडियोमा आयुष्मा कार्की र प्रदिप रोकाको अभिनय रहेको छ । गीतका शब्द बिदुर आपागाँईले लेखेका हुन् भने लय र संगीत संयोजन पनि खड्काको नै रहेको छ ।
गोपाल थापाको निर्देशनमा बनेको उक्त भिडियोमा विपिन क्षेत्रीको छायांकन रहेको छ । उक्त भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् ।
गायक खड्काले हालसम्म करिव एक दर्जनबढी गीतहरु सार्वजनिक गरी सकेका छन् ।

Comments

comments